आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारतको जित

  • असार १३, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारतले ७ विकेटको जित निकालेको छ ।

वर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा आयरल्यान्डले दिएको १०९ रनको लक्ष्य भारतले ९.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको हो ।

भारतका लागि दीपक होडाले सर्वाधिक ४७ रन बनाए भने इशान किशनले २६, कप्तान हार्दिक पाण्डेयले २४ र दिनेश कार्तिकले ५ रन जोडे ।

आयरल्यान्डका करिज यङ्गले २ तथा जोश लिटलले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित १२ ओभरमा १०८ रन बनायो। उसका लागि ह्यारी टेक्टरले ६४ रनको अर्धशतकीय पारी खेलेका थिए ।

यस्तै लोर्कन टुकरले १८, ग्रेथ डेल्नीले ८ तथा पल स्टर्लिङ र जर्ज डकरेलले ४÷४ रन जोडे । भारतका हार्दिक पाण्डेय, भुवनेश्वर कुमार, आभास खान र युजभेन्द्र चहालले समान एक–एक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved