अहिले मन्त्री चढ्ने भन्दा ठुलो गाडी चढेर आएको छु, नयाँ मन्त्रीहरुलाई सहयोग गर्नुहोलाः श्रेष्ठ

  • असार १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आफूलाई सहयोग गरेजसरी नै नयाँ मन्त्रीलाई पनि सहयोग गरेर सफल बनाइदिन आग्रह गर्नुभएको छ ।

आज पत्रकार सम्मेलन गर्दै श्रेष्ठले मन्त्रालयका कर्मचारी लगायतलाई सो आग्रह गर्नुभएको हो ।

आफू पदमा रहँदा विवादरहित ढंगले काम गरेको भन्दै उनले आफ्नो ८ महिना २१ दिनको कार्यकाल सफल भएको दाबीसमेत गर्नुभयो ।

क्याबिनेट मन्त्रीको रुपमा नियुक्त गर्नुभएकोमा सम्माननीय प्रधानमन्त्री र गठबन्धनका नेताहरुलाई हार्दिक धन्यवाद दिदैं मन्त्री श्रेष्ठले २६२ दिन कार्य गरी बिदाइ हुँदैछु। सम्पूर्ण साथीहरुबाट सहयोग पाएको बताउनुभयो ।

मन्त्रीबाट राजीनामा नआएपछि धरैले कहिले बालुवाटार र खुमालटार दौडेको आरोप लागेको थियो मन्त्री श्रेष्ठमाथि। उक्त भनाईमा खण्डन गर्दै श्रेष्ठले भन्नुभयो, \मन्त्रीमा टाँसिन कहिले बालुवाटार र कहिले खुमालटारमा दौडे भन्ने कुरा पनि आयो। यो हैन हामी बजेटको जवाफ दिन बसेको हुँ। अहिले हेर्नुस्, मन्त्री चढ्ने भन्दा ठुलो गाडी चढेर आएको छु। मलाई कुनै लोभ छैन मन्त्रालयमा टाँसेर बस्न।'

श्रेष्ठले नयाँ श्रममन्त्रीलाई पनि सहयोग गर्न मन्त्रालयका कर्मचारीलाई आग्रह गरे। 'नयाँ श्रममन्त्रीलाई पनि सहयोग गर्नुहोला। हाम्रै पार्टीको मन्त्री हुनुहुन्छ।'

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved