एमाले कैलाली अध्यक्ष रतन थापालाई कारबाही

  • असार १४, २०७९
  • कालापानी मिडिया
alt

काठााडौंः नेकपा एमाले कैलाली अध्यक्ष रतन थापालाई अनुशासनको कारबाही गरेको छ ।

स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नै पार्टीका उमेदवारलाई पराजित गराउन सक्रिय रहेको भन्दै प्रदेश कमिटीले उनलाई अध्यक्ष पदबाट हटाएकोे हो ।

प्राप्त भएका सिफारिस, प्रमाण तथा दस्तावेजहरूलाई मध्यनजर गर्दा कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाले पार्टीको विधानको धारा ८० को १, २, ३, ४, ५, ६, १२ र १३ बमोजिमको गम्भीर प्रकृतिको अनुशासनको उल्लंघन गरेको बैठकले ठहर गरेको गर्दै कारबाही गरेको हो ।

पार्टीका कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले प्रदेश कमिटीमा गरेको अनुशासनको कारबाहीको सिफारिस तथा प्रदेश कमिटीमा सिफारिसका साथ प्राप्त भएका तथ्य, प्रमाण तथा दस्तावेजहरूको अध्ययन तथा प्राप्त भएका सिफारिसहरूलाई ध्यानमा राखी सो निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved