एसपीपीमा मेरो नाम जोडेर प्रचण्डले अन्तर्राष्ट्रिय बेइज्यत गरेः अध्यक्ष ओली

  • असार १४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडों । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी आफ्नो समयमा ल्याइएको भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा ढाँटिरहेको बताउनुभएको छ ।

मदन भण्डारीको ७१औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रचण्डको नामै नलिइ यस्तो टिप्पणी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘राष्ट्रियताको सवाललाई मानिसले यस्तो सस्तो बनाएका छन्,’ उनले भने, ‘एकजना नेताले पटक–पटक भनिरहेका छन्, केपी ओलीको समयमा एसपीपी ल्याएको थियो।’

केपी ओलीको समयमा एसपीपी आएको, तर आफूले रोकेको भनेर प्रचण्डले०राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ढाँटिरहेको ओलीले उल्लेख गरे। ‘अन्तर्राष्ट्रिय रुपमा र राष्ट्रिय रुपमा ढाँटिरहेका छन्। केपी ओलीको समयमा ल्याएको थियो, मैले भूमिका खेलेर रोकियो भनेर भनिरहेका छन,’ ओलीले भने, ‘योभन्दा ढाट कुरो, फट्याइँ कुरो के हुन्छ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved