प्रधानमन्त्री ज्यू, एसपीपीमा भएका सबै पत्र सार्वजनिक गरिदिनुस्ः नेता नेम्वाङ

  • असार १६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले स्टेट पार्टनसिप प्रोग्राम एसपीपीका विषयमा भएका सबै पत्र सार्वजनिक गरिदिन प्रधानमन्त्री देउवासँग आग्रह गर्नु भएको छ ।

संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेम्वाङले प्रधानमन्त्रीसँग एसपीपीका सम्बन्धमा सुरुवातदेखि अहिलेसम्म भएका सबै पत्र सार्वजनिक गर्न माग गर्नुभएको हो ।

उहाँले एसपीपीका विषयमा संसद्‌मागम्भीर प्रश्न उठेकाले त्यसमा को–को संलग्न छन् प्रष्ट पार्नका लागि पनि रक्षा मन्त्रालय र नेपाली सेनाले पठाएका पत्र संसद्‌मासार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एसपीपीलाई लिएर हाम्रा पार्टी अध्यक्षलाई जोडिएको पनि छ। उहाँ प्रधानमन्त्री भएको १५ औं दिनमा नै सेनाले पत्र पठाएको छ। त्यो ठिक थियो या थिएन, तर प्रश्न उठ्ने त भयो नै। उहाँले पनि मैले पत्र लेख्न लगाएको होइन भन्नुभएको छ। तर, सबै सरकारका पालामा पत्र गएको देखिन्छ। अब प्रधामन्त्रीलाई म आग्रह गर्दछु, सेनाले पठाएका पत्र, रक्षा मन्त्रालयमा भएका पत्रहरु सबै संसद्‌माप्रस्तुत गरिदिनुस्' को–को संलग्न छन् भन्ने प्रष्ट भइहाल्छ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved