देउवा पार्टीको होइन, गठबन्धनको सभापतिः शेखर समूह

  • असार १७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको भेलाले सभापति शेरबहादुर देउवा पार्टीको भन्दा पनि गठबन्धनको सभापति जस्तो भएको निश्कर्ष निकालेको छ।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सम्पन्न भेलाको निर्णय सुनाउँदै कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले सभापति देउवाका कामकारबाहीबारे छलफल भएको बताएका हुन् ।

“शेरबहादुर देउवा नेपाली कांग्रेसको भन्द्या पनि गठबन्धनको सभापति भएर हिड्नु भएको छ। कांग्रेसको सभापति भएको अनुभूति दिलाउन सक्नु भएको छैन,” भेलाले गरेको निर्णय सुनाउँदै पोखरेलले भने, “देउवा गठबन्धनको होइन, कांग्रेसको सभापति हुनुप¥यो भन्ने निर्णय गरेका छौं।”

पार्टीलाई विधि र विधानमा चलाउन दवाव दिने निर्णय भएको उनले बताए। यसका लागि प्रदेश, जिल्ला र पालिका स्तरमा दवावमूलक कार्यक्रम गर्ने निर्णय भएको उनले बताए।

संस्थापन पक्षलाई दवाव दिन डा. कोइरालाले आफ्नो पक्षको नेताहरूको भेला बोलाएका थिए। बिहीबारदेखि शुरू भएको भेला विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved