सभामुख सापकोटा आज अजरबैजानबाट फर्किँदै

  • असार १९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानमा आयोजित असंलग्न आन्दोलन संसदीय संञ्जालको सम्लेलनमा सहभागी भएर स्वदेश फर्किँदै छन्।

सभामुख सापकोटा आइतबार साँझ काठमाडौं आइपुग्ने संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले जानकारी दिए।

सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्त्व र अभियानका पक्ष राष्ट्रका संसदहरूबीचको सहकार्य अभिवृद्धिबारेसम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै कार्यक्रलाई सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा सभामुख सापकोटाले असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न नेपालका तर्फबाट सहयोग र ऐक्यबद्धता व्यक्त गरेका थिए।

त्यहाँ रहँदा उनले अजरबैजानका सभामुख साहिबा गफारोवा र विभिन्न देशका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गरे। सभामुख सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन गत मंलगबार अजरबैजानको राजधानी बाकु गएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved