गमलामा धान रोप्ने दलका नेताले लिङ्देनबाट पाठ सिक्ने की ?

  • पुस १७, २०२६
  • कालापानी मिडिया
alt

काठमाडौं । राजनीतिक दलका शीर्ष नेताहरू प्रायः कृषि कर्ममा देखिँदैनन्। असार १५ मा धान रोप्नै पर्छ भन्ने मान्यता बोकेका उनिहरु बरु छतका गमला अनि गलामा धानको माला लगाएर असार १५ मानाउ भन्दै शुभकामना दिन्छन् । काही नभएको जात्रा हाँडी गाउँमा भने झैं एक दिन रमिता देखाएर कृषि कर्मकै बदनाम गर्न पछि पर्दैनन् ।

तर, तिनै राजनीतिक दलका नेताहरु मध्येका एक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने जती सक्रिय राजनीति र समाजसेवामा छन् त्यति नै घरको कामकाजमा पनि सक्रिय छन् । यति मात्रै होइन उनि राजनीतिबाट फुर्सद निकालेर कृषिका काममा पनि व्यस्त रहन्छन्।

अध्यक्ष लिङदेन यतिवेला झापाको हल्दिबारी १, आफ्नै घर पुगेर कृषि कर्ममा व्यस्त छन्।  उनको साथमा उनकी धर्म पत्नी सिता थापा लिङ्देन पनि धान रोप्नमै व्यस्त छिन् । जुन तस्बिर लिङदेनले सार्वजनीक गरेका छन् ।  उनले सामाजीक संजालमार्फत सार्वजनिक गरेको तस्बिरमा खेत खन्ने, रोप्ने र मल राख्नेसम्म काम गरेको देखिन्छ। ‘भुई नबिर्सने अभ्यासमा’ खेतमा काम गरेका तस्बिर राख्दै लिङ्देनले स्टाटस लेखेका छन्। उनको गत वर्षको रोपाइमापनि खेतमा मल छर्दै गरेको तस्वीर सार्वजनीक भएको थियो ।

rr

सकेसम्म हरेक कार्यमा आफै सरीक हुने, कुनै पनि कार्य सानो ठूलो नभन्ने राप्रपा अध्यक्ष लिङ्देनबाट असार १५ मा गाइ जात्रा देखाउनेहरुले केही सिक्ने कि ?

FWtKfTraUAEmoyv FWtKfTsagAAny-D FWtKfTqaUAAR7wy FWtKfTsakAAMofk

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved