नेपालमा चीनको प्रत्यक्ष चासो, चीनविरुद्ध नजाने दलहरुको प्रतिवद्धता

  • असार १९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडों । नेपालमा ‘एमसीसी’ पास भएसंगै ‘एसपीपी’ सम्झौताको विषयसमेत उठेपछि चीन सशंकित भएको छ ।

अमेरिकासंग आफनो सम्बन्ध चिसिएकाबेला नेपालमा अमेरिकी चलखेल बढाएपछि चीन आफनो सुरक्षाको विषयलाई लिएर सशंकित भएको हो ।

हालै जर्मनीमा सम्पन्न जी ७ बैठक र नाटो सम्मेलनले चीनको ‘बीआरआई’ परियोजना असफल पार्ने र यसको प्रभाव कम गराउन सक्दो भूमिका खेल्ने निर्णय गरेपछि चीनपनि आक्रामकरुपमा अघि बढ्न थालेको हो ।

अमेरिकाले नेपालसहित दक्षिण एशियाली देशलाई प्राथमिकता दिएर आफूलाई निशाना बनाएको चीनको बुझाइ छ । यसका लागि चीनले आत्मरक्षाका लागि रणनीतिक पहल थालिसकेको छ । यो रणनीतिमा नेपाल नीतिलाई चीनले उच्च स्थान दिएको छ ।

यसका लागि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपालका राजनीतिक दलका शीर्ष नेता र विदेशमन्त्रीसंग भर्चुअल संवाद गरिसकेका छन । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग पहिलो चरणमा वार्ता गरेका हुन । यस्तै, परराष्ट्रमन्त्री डा। नारायण खड्कासंग पनि उनले छलफल गरिसकेका छन ।

कुराकानीमा नेपालका नेताहरुले सीपीसीलाई १०१ औँ स्थापना दिवसको शुभकामना दिनुका साथै नेपाललाई चीनले गरेको सहयोग प्रति धन्यवाद दिएका थिए । उनीहरुले नेपाल र नेपालका राजनीतिक दलहरु असंलग्न परराष्ट्र नीतिमा अडिग रहने र कुनै पनि शक्तिलाई नेपाली भूमि चीन विरोधी गतिविधिमा संलग्न हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

उता लिउले नेपाल र चीनको मैत्रीपूर्ण सम्बन्धको चर्चा गरेका थिए । केही समयअघि मात्र सोङ ताओको स्थानमा विभागको नेतृत्व सम्हालेका लिउले नेपालका नेताहरूसँगको छलफल तीव्र बनाएका छन् ।

लिउको भूमिकालाई कतिपयले नेपालमा सकभर बाम एकता नभए बाम गठवन्धन बनाउन खोजेको रुपमा व्याख्या गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved