बालबालिकालागि थप २३ लाख डोज कोभिडविरुद्धको खोप नेपाल आइपुग्यो

  • असार १९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत थप २३ लाख डोज कोभिडविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुगेको छ ।

देशका २७ जिल्लाका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन फाइजर बायोन्टेकको २२ लाख ९९ हजार २ सय पेडियाट्रिक खोप आइतवार काठमाडौं आइपुगेको हो ।

कतार एयरको उडानमार्फत आएको यो खोप पहिलो चरणमा फाइजर खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाइ दोस्रो डोजको लागि प्रयोग गरिने बताइएको छ ।

५ देखि ११ वर्ष उमेर समुहका ३९ लाख बालबालिकालाई दुई मात्रा खोप दिनका लागि आवश्यक ठानिएको ८४ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने प्रतिवद्धतासहित कोभ्याक्स खोप आएको हो ।

माइनस ७० डिग्रीसम्मको तापक्रममा भण्डारण गर्नुपर्ने भएकोले नेपालले आफ्नो क्षमता अनुसार चरणवद्ध रुपमा खोप मगाउने गरेको छ । यसअघि कोभ्याक्स मार्फत गत ६ असारमा पनि २२ लाख डोज खोप आएको थियो । सरकारले गत ९ असार देखि पहिलो चरणमा देशका २७ जिल्लाका बालबालिकाहरुलाई कोभिडविरुद्धको खोप दिन सुरु गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved