प्रधानमन्त्री जी, गठबन्धन जाेगाए मात्रै पुग्छ ?:अध्यक्ष ओलीले

  • असार २०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थ मन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा तत्काल संसदीय छानबिन समिति गठन गरेर तथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री देउवा अर्थ मन्त्री शर्मालाई केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो भन्दै प्रशन गर्नुभएको हो ।

प्रधानमन्त्री देउवा देशलाई बरबाद पारेर गठबन्धन मात्रै जोगाउन लागिपरेको भन्दै अध्यक्ष ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन हुनुपर्ने बताउनुभयो ।

एउटा मन्त्रीले यस्तो गर्दा पनि प्रधानमन्त्रीजी केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो ? कि गठबन्धन जोगाए मात्रै पुग्छ, देश बरबाद होस्, जहाँसुकै पुगोस् भन्ने हो । गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्री चुप बस्नुभएको छ । प्रतिपक्षले माग गर्दा पनि अर्थ मन्त्रालयले बजेट निर्माणको अघिल्लो दिनको फुजेट सार्वजनिक गरेन । फुटेज डिलिट गर्न पाइन्छ ? मन्त्रीले आउनुस् छानबिन गरौँ भन्न सक्नुपर्थ्यो । तर किन माग्दैमा दिने भनेर ललकार्ने रु एमाले को हो रु हामीले गरेको स्वेच्छाचारिकताविरुद्ध प्रदर्शन गर्ने को हो भनेर ललकार्ने ? एमालेले अन्धाधुन्ध त्यो आरोप लगाएको होइन । प्रधानमन्त्रीजीले छानबिन गर्नुपर्छ ।’

उहाँले बिचौलियालाई राखेर बजेट बनाउने कुरा विश्वमा कहीँ पनि नभएको जिकिर गर्दै यस्तो गतिविधिलाई थितिमा ल्याउने काम गर्न सरकार सचेत नभएको बताउनुभयो । ओलीले बजेट निर्माण गरेको अघिल्लो दिनको फुटेज सार्वजनिक गरेर आफ्नो स्वच्छता प्रमाणित गर्नुपर्ने अर्थ मन्त्री शर्माले आफ्नो पार्टीलाई धम्कीको भाषा बोलेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved