नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने सरकारको तयारी

  • असार २२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारले आजको प्रतिनिधिसभाको बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने निर्णय गरेपछि आजको प्रतिनिधि सभामा विधेयक दर्ता गराउने तयारी भएको हो ।

प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दैछ । विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गर्नु पर्ने भएकाले आजको बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । प्रतिनिधिसभा चुनावको मिति घोषणा हुने बेला सरकारले विधेयक फिर्ता लिन लागेको हो । सरकारले नयाँ विधेयक ल्याए पनि दफावार छलफलका लागि समितिमा पठाउनुपर्ने हुन सक्छ । समितिमा सहमति जुटेन भने फेरि पारित गर्न ढिलाइ हुन सक्छ ।

प्रतिनिधिसभाको यो कार्यकालमा पनि विधेयक पारित नभए जन्मसिद्ध नागरिकता भएका बुवाआमाका सन्तानले नागरिकता पाउन प्रतिनिधिसभाको अर्को कार्यकाल कुर्नुपर्ने हुन्छ । संसदमा भएको विधेयकलाई नियमित प्रक्रियामा लाँदा प्रतिनिधिसभाको यस कार्यकालभित्रै टुंगोमा पुग्न नसक्ने देखिएकाले फास्ट ट्र्याकबाट अघि बढ्न फिर्ताको निर्णय लिनुपरेको एक मन्त्रीले बताएका छन्  ।

प्रतिनिधि सभामा चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने निर्णय गरेको हो । नागरिकतासम्बन्धी विधेयक संसदमा २०७५ साउन ४ गते दर्ता गरिएको थियो । यो विधेयकलाई प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले २०७७ साल असार ७ गते बहुमतले पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved