माओवादी अध्यक्ष प्रचण्डले आज पदाधिकारी घोषणा गर्दै

  • असार २२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने बताइएको छ ।

माओवादी केन्द्रको पूर्वस्थायी कमिटी र इन्चार्जहरूको मंगलबार बसेको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । त्यसैले प्रचण्डले ल्याउने प्रस्तावमाथि छलफल नगरी सोझै पारित हुने सम्भावना रहेको माओवादी स्रोतले बताएको छ ।

मंगलबारका लागि डाकिएको केन्द्रीय कमिटिको बैठक बुधबारसम्म स्थगित गरेर मंगलबार प्रचण्ड निवास खुमलटारमा पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठक बसको थियो । माओवादीमा १५ सदस्यीय पदाधिकारीको व्यवस्था भएपनि आकांक्षी धेरै हुँदा पद तथा जिम्मेवारी बाँडफाट हुन सकेको छैन । पार्टी महासचिवको लागि जनार्दन शर्मा र वर्षमान पुनबीच टक्कर रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved