राप्रपाकी महामन्त्री कुन्ति शाहिले कुटिन पार्टीको महिला सङ्गठनका सदस्यहरु

  • असार २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ती शाहीले पार्टीको महिला सङ्गठनका सदस्यहरूमाथि आक्रमण गरेकी छन् ।

आइतबार सङ्गठनको बैठक चलिरहेका बेला शाही पक्षका महिलाहरूले सङ्गठनकी अध्यक्ष अञ्जना रावल समूहमाथि आक्रमण गरेका हुन् । महामन्त्री शाही नै भौतिक आक्रमणमा उत्रिएको सङ्गठनकी अध्यक्ष अञ्जना रावलले बताएकी छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले महिला सङ्गठनको अध्यक्षमा असार २ गते रावललाई नियुक्ति दिएको थियो । रावलको नियुक्तिको विषयलाई लिएर सङ्गठनको एउटा पक्ष असन्तुष्ट थिए । भर्खरै पार्टीमा आएको व्यक्तिलाई अध्यक्ष नमान्ने उनीहरूको अडान थियो ।

यसैबीचमा राप्रपाले महिला सङ्गठनलाई महिला हिंसाविरुद्धमा धर्ना दिन र गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन निर्देशन दिएको थियो । त्यसलाई कार्यान्वयन गराउनका लागि आज रावलले सङ्गठनको अनौपचारिक बैठक बोलाएकी थिइन् ।

आज बैठकबाट महिला हिंसा विरोधी अभियानको स्लोगन बनाउने र फन्ड जुटाउने विषयमा छलफल गर्ने रावलको योजना थियो । तर कुमारी तामाङले रावललाई अध्यक्ष नमान्ने बताउँदै आफैँले बैठकको अध्यक्षता गर्न खोजेकी थिइन् । उनले महिला सङ्गठनको साटो पार्टीको महिला विभागले नै अभियान अघि बढाउनुपर्ने प्रस्ताव गरेकी थिइन् ।

यसैक्रममा तामाङ पक्षका केही महिलाहरूले आफ्नो पक्षका महिलालाई हातपात गरेको रावलले बताएकी छन् । कुमारी तामाङले सङ्गठन भन्दा बाहिरका ५–७ जना साथीहरू ल्याएको र उनीहरूले हातपात गरेपछि तनाव सुरु भएको रावलले बताइन् ।

बैठकमा हात हालाहाल भएपछि महामन्त्री शाहीलाई खबर गरिएको थियो । शाही बैठकमा आएपछि उल्टै आफै आक्रमणमा उत्रिएको उनी आफैँले निर्मला न्यौपानेलाई कुटपिट गर्दै कपाल भुत्ल्याएको रावलको दाबी छ ।

घटनापश्चात् रावलले पार्टी अध्यक्षलाई र अनुशासन विभागलाई ज्ञापनपत्र बुझाएकी छन् । ज्ञापनपत्रमा कुन्ती शाही र कुमारी तामाङलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved