चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले एमाले, माओवादी र समाजवादीका शीर्ष नेतालाई भेट्दै

  • असार २७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान चाओले आज एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै छन्।
बिहान सुन्दरीजल क्षेत्रको भ्रमण गरेपछि उनलेसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेट्ने कार्यक्रम तय भएको छ । लिउले भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । उनी पर्सि बुधवार बेइजिङ फर्किने छन्। हिजो काठमाडौं आएका उनले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेटेका थिए। भेटमा उनले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिएका छन्।

नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको उनले बताए। सीपीसीका विदेश विभाग प्रमुख लिउले आफ्नो भ्रमण नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न र सम्बन्ध बढाउनको लागि पनि भएको उल्लेख गरेकन छन् ।

नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि नेपाल भ्रमण गर्ने लिउ दोस्रो उच्च चिनियाँ अधिकारी हुनुहुन्छ । यसअघि गएको चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए। नेपालको भूमि प्रयोग गरेर आफ्नो देशलक्षित कुनै पनि गतिविधि नहोस् भन्ने चीनको चाहना छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved