गठबन्धन सरकार निष्प्राण भैसक्यो, यसले समाजमा हैजा फैलाउँछः ओली

  • असार २७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निष्प्राण भइसकेकोले यसैलाई बोकेर हिडिँरहे समाजमा हैजा फैलाउने टिप्पणी गर्नुभएको छ ।

आज सोमवार सम्पादकहरूसँगको अन्तर्क्रियामा उहाँले भन्नुभयो, ‘यही सरकार बोकेर हिँड्नु हुँदैन । यो सरकार निष्प्राण भइसक्यो, अब जति रह्यो त्यति समाजमा हैजा फैलाउँछ ।’ निष्प्राण भैसकेको गठबन्धन बोकेर हिँडेर काम नहुने उहाँले टिप्पणी गर्नुभयो । ‘अब गठबन्धनको पनि सतीदेवीको जस्तो अङ्ग झर्दै जान्छ । अस्ति एउटा अङ्ग झर्‍यो ।'

ओलीले आफूहरूले चाहेको भए यो गठबन्धन उहिल्यै भत्किसक्ने दाबी पनि गर्नुभयो । एकछिन सत्तामा पुग्नकै लागि सबथोक गर्ने पक्षमा आफूहरू नभएको उहाँको भनाइ थियो । ओलीले गठबन्धनलाई विवाहको संज्ञा दिँदै हरेक विवाह डिभोर्समा टुङ्गिने टिप्पणी गर्नुभयो । आफूहरूले पनि गठबन्धन बनाएर, सरकार चलाएर हेरेको भन्दै ओलीले भन्नुभयो, ‘साँचो डिभोर्स गर्न नक्कली बिहे गर्न हतार गर्दैनौँ ।’

ओलीले सरकारको गतिविधि हेर्दा नेपालको आर्थिक स्थिति पनि श्रीलङ्काको जस्तो सङ्कटग्रस्त हुन सक्ने दाबी पनि गर्नुभयो । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता देखिएको र हतियार खरिदमा बजेट विनियोजन भएको जस्ता विषयले नेपाललाई श्रीलङ्काकै स्थितिमा पुर्‍याउन सक्ने टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved