नामिबियासँग नेपाल पराजित

  • असार २८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

सोमबार राति स्कटल्याण्डको न्यु काम्बसडनमा सम्पन्न खेलमा नेपाललाई नामिबियाले ४० रनले पराजित भएको हो ।

नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो ।

नेपालका लागि आरिफ शेखले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेलेपनि जित दिलाउन सकेनन् । यस्तै देव खनालले ३४, कुशल भुर्तेलले २७, करण केसीले १९, आसिफ शेखले १४ र आदील आलम र सोमपाल कामीले समान १० रन जोडे ।

रोहित पौडेल र कप्तान सन्दीप लामिछाने सुन्य रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी ४ र बसिर अहमेद ३ रनमा आउट भए । नामिबियाका बेर्नार्ड, जान फ्राईलिन्च्क र डाभिड वेइसले २÷२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २० रन बनाएको थियो ।

नामिबियाका लागि जान निकोल लोफ्टीले ६०, डिभान ला ककले ४१, कप्तान गेर्हार्ड एरास्मुसले २२ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछानेले ४, सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए ।

यस हारसँगै नेपाल अंक तालिकाको छैटौं स्थानमा झरेको छ भने नामिबिया १६ खेलम १६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । सिरिज अन्तर्गत अब नेपालले दोस्रो खेलमा आयोजक स्कटल्याण्डविरुद्ध बुधबार खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved