गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अख्तियारमा उजुरी

  • असार ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अख्तियारमा उजुरी परेको छ ।

बिहीबार सुजन देवकोटा नामका व्यक्तिले राष्ट्र बैंक ऐनले गभर्नर बन्नका लागि स्नात्तकोत्तर हुनुपर्ने योग्यता तोकेकोमा अधिकारीले स्नातक मात्र अध्ययन गरेको भन्दै उजुरी दिएका हुन् ।

“निजले बैठकमा पेश गरेको विवरणअनुसार अधिकारीले सन् १९८९ मा काठमाडौं मीनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको उल्लेख छ भने भारतबाट सन् १९९३ मा सी.ए पढाइ उत्तीर्ण गरेको भन्ने देखिन्छ । निजले गभर्नर पदमा नियुक्ति लिँदासमेत सी.ए पढाइलाई आधार मानी लिएको देखिन्छ,” उजुरीमा भनिएको छ, “त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका अनुसार सी.ए अध्ययनलाई हालसम्म कुनै पनि रूपमा स्नात्तकोतर हुने भनी कहीँ कतै व्यवस्था गरेको वा निर्णय गरिएको छैन ।”

उजुरीमा योग्यता नै नपुगेको अवस्थामा योग्यता पुगेको भनेर नियुक्ति लिनु र तलबभत्ता तथा सुविधा लिनु भ्रष्टाचारजन्य काम भएको भन्दै बर्खास्तीसहित क्षतिपूर्ति भराउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved