निरीह, स्वाभिमानहीन र कच्चा कूटनीतिः भीम रावल

  • साउन २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का नेता भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति कटाक्ष गरेका छन् ।

सोमबार बिहान ट्विट गर्दै रावलले प्रचण्डको दिल्ली भ्रमणक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट नभएको प्रसंगलाई ‘कच्चा कूटनीति’को संज्ञा दिएका छन् । उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुने उनले उल्लेख गरेका छन् ।

“उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिल्ली भ्रमणमा भारतीय प्रमसँग अन्तिममा भेट हुन सकेन भनी स्वयं प्रचण्डजीले भनेको सुनियो,” उनले लेखेका छन्, “कति निरीह, स्वाभिमानहीन र कच्चा कूटनीति यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔँ ”

भारतीय कांग्रेसको पछाडि लाग्दा भारतीय कम्युनिस्ट पार्टीको अवसान भएको भन्दै त्यसबाट नेपाली कम्युनिस्ट नेताले पाठ सिक्नुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved