मेरो घरमा दुई थरि तरकारी पकाउन तीन पटक सोच्नुपर्छः नेता ज्ञवाली

  • साउन २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले आफ्नो घरमा दुई थरी तरकारी पकाउने स्थिति नरहेको भन्दै अरुको अवस्था के होला भनेर प्रश्न गरेका छन् ।

सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् ।

मूल्यवृद्धि अचाक्ली हुँदा जनताको चुलो बल्न नसकेको भन्दै उनले आफ्नो घरमा पनि दुई थरी तरकारी पकाउन सक्ने स्थिति नरहेको नेत ाज्ञवालीको भनाई छ ।

उनले भने, ‘मैले नै घरमा हरेक पटक एकथरी तरकारी पाक्नेछ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो । दुईथरी तरकारी पकाउन सक्ने अवस्था कमसेकम मेरो चाहिं छैन । मन्त्री पनि भएँ, सांसद पनि धेरै वर्षदेखि छु, सकिंदैन ।’

आर्थिक हिसाबले मुलुक कुशासन र दुर्घटनाको बाटोतिर गइरहेको भन्दै उनले त्यसलाई रोक्न खोज्दा गभर्नर महाप्रसाद अधिकारीमाथि हमला भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved