राणाहरु झैँ भाइभारदारलाई मन्त्रीको पालो पुर्याउने काम भयोः विप्लव

  • साउन २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै उहाँले इतिहासमै पहिलो पटक नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताउनुभएको हो ।

उहाँले सुगौली सन्धी र दिल्ली सम्झौता भन्दापनि खतरनाक बनेर एमसीसी र एसपीपीहरु नेपालमा आइलागेको दाबी गर्नुभयो । उहाँले नेपालमा राजनीतिक अस्थिरता दिनप्रतिदिन गहिरिँदै गएको उल्लेख गर्दै संसदवादी पार्टीहरु देशको नेतृत्व गर्न असफल बन्दै गइरहेको दाबी गर्नुभयो ।

महासचिव चन्दले मन्त्री बन्ने रोलक्रम राणाकालको झैँ भाइभारदारहरु राखेर भइरहेको बताउनु भयो । उहाँले अहिलेका सरकारले पालोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पती उडाउने र जनतालाई दुःख दिने जस्ता गतिविधिहरु मात्रै गरेको आरोप लगाउनु भयो ।

महासचिव चन्दले नेपालका संसदवादी पार्टीहरुलाई विदेशी साम्राज्यवादीका एजेण्टहरु भएको आरोप लगाउनु भयो । उहाँले अहिलेको सरकार तीन÷तीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई तहसनहस पार्ने, खाने, पैसा लुकाउने, कुम्ल्याउने तर जनताप्रति कुनैपनि उत्तरदायी काम नगर्ने गरेको आरोप लगाउनु भयो ।

महासचिव चन्दले अहिलेका दलहरुले दलको स्वार्थका लागि केही मान्छेको झोली भर्नको लागि सिंगै दशेलाई मोलमलाई गरिरहेको बताउनु भयो । उहाँले अहिलेको व्यवस्थालाई मुठीभर लुटेराहरुको व्यवस्थाको संज्ञा दिँदै शहीदको बलिदान दिएर ल्याउन खोजेको व्यवस्था यो नभएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved