प्रचण्डलाई भेट्न नमानेका मोदीले वाग्लेसंग मुस्कुराउदै हात मिलाए

मोदीले प्रचण्डलाई भेट नदिएर निराश पारेका बेला वाग्लेले १० दिनअगाडि भएको भेटको तस्वीर ढिलो गरी सार्वजनिक गर्नुलाई भने अर्थपूर्ण मानिएको छ ।

  • साउन ४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नपाएरै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्कनुपरेको विषयको चर्चा नसेलाउदै नेपालका अर्थशास्त्री स्वर्णिम वाग्लेसँग मोदीले भेट गरेको विषयले राजनीतिक बजार तातेको छ ।

छोटो भेटमा मोदीले आफूसँग मिठो हार्दिकता देखाएको वाग्लेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय अर्थशास्त्रीलाई भेट्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेसँग पनि भेट गरेका हुन् ।

काठमाडौं ५ वा चितवन १ बाट चुनाव लड्ने स्वर्णिम वाग्लेको तयारी

मोदीको भेट नपाएरै प्रचण्ड फर्केको पर्सिपल्टै वाग्लेले सामाजिक सञ्जालमा मोदीसँगको भेट र आफूले उठाएका विषयबारे तस्वीरसहित सार्वजनिक गरेका छन् ।

मोदीसँग हात मिलाएको तस्वीर सार्वजनिक गरेर वाग्लेले ‘‍‍, नेपालको ‘हिट’ करेँ।।’ भन्दै लेखेका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै आएर भन्नुभएको थियोः हाइवेज, इन्फोवेज र ट्रान्सजेव ९हिट० अर्थात पूर्वाधार, डिजिटल अर्थतन्त्र र उर्जा प्रशारणबाट द्रुत विकास गर्ने पहलमा भारतको साथ हुनेछ । १० दिनअघि दिल्लीमा केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरूलाई भेट्ने क्रममा मैले यो प्रसंग उठाउँदा मोदीजी मुस्कुराउनुभो ।’
मोदीले प्रचण्डलाई भेट नदिएर निराश पारेका बेला वाग्लेले १० दिनअगाडि भएको भेटको तस्वीर ढिलो गरी सार्वजनिक गर्नुलाई भने अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

चार प्रदेशका पहाडी भ ...

​काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ। यसक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved