भिम रावलले २० मिनेट राेष्टम कब्जा गरेपछि .....

  • साउन ४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमालेका सांसद भीम बहादुर रावलले एसपिपीबारे सरकारले पठाएको पत्रबारे सदनलाई जानकारी गराउन रूलिङ गर्नुपर्ने माग गर्दै ‘रोष्टम कब्जा’ गरेका छन्।

प्रतिनिधि सभामा ‘ग्लोबल ग्रीन ग्रोथ इस्टिच्यूटको सहभागितामुलक सदस्यको रूपमा सदस्यता प्राप्त गर्न स्वीकृत प्रदान गर्ने सम्बन्धी’ छलफलका क्रममा बोल्न रोष्टम पुगेका रावलले एसपिपीको विषय उठान गरेका थिए।

रावललाइ रोष्टम बोलाएर सभामुख सापकोटा बाहिर निस्केका थिए। यसपछि सभामुख आसनमा नेकपा माओवादी केन्द्रकी सांसद सत्या पहाडी बसेकी थिइन्।

एमाले सांसद रावलले छलफलमा प्रस्तुत प्रस्तावबारे नेपाल सरकारले ध्यान दिनुपर्ने बताउँदै कुरा सुरू गरेका थिए। ‘कुनै पनि ठूला देशहरू, जसले प्रशस्त मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्छन् उनीहरू कोही पनि सदस्य भएको देखिँदैन,’ रावलले भने, ‘नेपाल सन्धी सम्झौता पीडित देशका रूपमा रहेको छ। आजसम्म सन्धी सम्झौता सच्याउन सकेको छैन।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved