घरेलु टोली इङ्ग्यान्ड महिला युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

  • साउन ५, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । घरेलु टोली इङल्यान्ड महिला युरोपियन च्याम्पियनसिप फुटबल २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति सम्पन्न खेलमा स्पेनलाई २–१ गोल अन्तरले पराजित गर्दै इङल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

५४ औं मिनेटमा इस्टन गोन्जाल्वेजको गोलमा स्पेनले अग्रता लिएको थियो । ८४औं मिनेटमा इल्ला टोलीको गोलमा इङल्यान्ड खेलमा फर्किएको थियो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९६औं मिनेटमा जर्जिया स्टानवेले गोल गर्दा इङल्यान्डले सेमिफाइनलको टिकट पक्का गरेको थियो ।

समूह चरणमा सतप्रतिशत नतिजापछि इङल्यान्ड समूह ‘ए’ को विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको थियो भने स्पेन समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम आठमा प्रवेश गरेको थियो ।

दोस्रो क्वार्टरफाइनलमा आज जर्मनी र अस्ट्रिया आमने सामने हुँदैछन् । त्यस्तै स्विडेन र बेल्जियम तथा साविकको विजेता नेदरल्यान्ड्स र फ्रान्सले पनि क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved