बयान दिन सिंहदरबार पुगे निवर्तमान अर्थमन्त्री शर्मा

  • साउन ५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले उनीसँग बयान लिन सुरु गरेको छ। हिजै लिने भनिएको बयान शर्माले नभ्याउने भनेपछि आज बिहानका लागि सारिएको थियो। बयानका लागि पूर्वमन्त्री शर्मा संसद सचिवालय सिंहदरबार पुगेका छन्।

चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी दबाबकाबीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए।

समितिको कार्यादेश आज सकिँदै छ। दशौँ दिन अर्थात् अन्तिम दिन मात्रै समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिन लागेको हो। समितिलाई काम सुरु गरेको दश दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश छ।

समितिले तोकिएको समय अवधिमा काम नसक्ने भएपछि समय थप गर्ने तयारी छ। हिजो समितिले पूर्व अर्थ सचिवहरूसँग छलफल गर्ने भने पनि एक जना शिशिरकुमार ढुङ्गाना मात्र सहभागी भएका थिए। त्यस्तै बजेटको बारेमा लेख्ने अन्नपुर्ण पोस्टका दुई पत्रकारसँग पनि समितिले हिजै छलफल गरेको थियो।

समितिले जेठ १४ र १५ गतेको मन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिक्स रिकभरका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको जनाएको छ। नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञले सफ्टवेयरको माध्यमबाट डिलिट भएको फुटेज पनि रिकभर हुनसक्ने राय दिएको छ।

तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९र०८० को बजेट बनाउने क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ। यही मुद्दालाई उठाएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित संसद बैठक अवरुद्ध गरेपछि तत्कालीन अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

चार प्रदेशका पहाडी भ ...

​काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ। यसक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved