राप्रपाको केन्द्रीय समितिमा ४९ जना सदस्य थपः उद्धव र चन्द्रबहादुर फर्किए

  • साउन ५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिमा ४९ जना थप भएका छन् ।

बिहीबार बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले ४९ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।

केन्द्रीय समितिमायसअघि राप्रपा छोडेर राप्रपा नेपालमा गएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङको राप्रपा कमब्याक भएको छ । पौडेल राप्रपा नेपालमा उपाध्यक्ष र गुरुङ कोषाध्यक्ष थिए ।

पूर्वमन्त्रीहरु जगत गौचन र रामचन्द्र राय पनि राप्रपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । त्यस्तै हेर्टौंडा उपमहानगरपालिकाको मेयरमा लडेर पराजित भएका दिपक बहादुर सिंहले पनि केन्द्रीय समितिमा स्थान पाएका छन् ।

यसैगरी, शिवराज नगरपालिकाका मेयर अजय थापा, रामग्राम नगरपालिकाका उपमेयर सम्झना चौधरी, पूर्वसचिवद्वय केदारवहादुर अधिकारी र केदार न्यौपाने पनि केन्द्रीय सदस्य बनेका छन् । अन्य थपिएकाहरुमा राजाराम श्रेष्ठ, परशुराम तामाङ, रामशरण पाठक, जयलाल पुन लगायत छन् ।

राप्रपामा २ सय ५१ जनाको केन्द्रीय समिति रहने प्रावधान छ । अझै केही केन्द्रीय सदस्यहरु रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved