एसपीपस्बारे जानकारी गराउन सभामुखको रुलिङ

  • साउन ५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ र प्रतिपक्ष सांसदहरूले एसपीपीको अवस्थाका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपिपीबारे सरकारका निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन् ।

सभामुख सापकोटाले सांसदहरूले एसपिपीबारे उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

मन्त्रीपरिषद् बैठकले एसपिपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भएपनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन । सरकारले पत्र नपठाएको सम्बन्धमा सदनलाई जानकारी दिन बिहीवार सरकार र प्रतिपक्षका सांसदहरुले माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved