पुष्पलालबाट दीक्षित भएर नेकपा एस निर्माण गरेको माधव नेपालले भानाइ

  • साउन ७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ को शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका छन् । नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका नेपालले यस्तो बताएका हुन् । उनले पुष्पलालको शिक्षा दिक्षाबाट दीक्षित भएर नेपालको इतिहासमा कीर्तिमान कायम गरेको बताए ।

उनले भने,‘अहिले हाम्रो काँधमा अनेक चुनौतिहरु छन आत्तिनुपर्ने कुनै कारण छैन । नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौं । हामीले इतिहासमा कीर्तिमान कायम गरेका छौं । पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं । त्यसको छुटै अस्तित्व छ । अरु भन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ समर्पित राजनीतिको निमित्त इमानदार राजनीतिको निमित्त देश र जनताको निमित्त केन्द्रित हुनेछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved