राजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता, रातको झरि समेत नभनी स्वागतमा उत्रिए समर्थकहरु

  • साउन ७, २०७९
  • कालापानी मिडिया
alt

                                                                      फाइल फोटो

काठमाडौं । श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किनु भएको छ । असार ३ गते थाइल्याण्ड जानु भएका शाह हिजो शुक्रबार सम्पूर्ण परिवारका साथ स्वदेश फर्किनु भएको हो ।

शाह परिवार स्वदेश फिर्कने मिति केहि दिनदेखी सार्वजनीक भएपनि समय थाहा नपाएका समर्थहरु रातको समयको प्रभाह नगरी सयौंको संख्यामा बिमानस्थलमा पुगेका थिए । शाहले आफ्नो सचिवालयसंग आफु आउन राती अबेर हुने र आफ्नो कारणले अरुले दुख नपाओस भन्दै कसैलाई नभन्न आग्रह गरेपनि समर्थकहरु भने बेलुका अबेर आउने भएपनि राजाको स्वागतमा दुइ तिन घण्टा अगावै झरी समेत नभनी बिमानस्थलमा पुगेका थिए । राजपरिवार बिमानस्थलमा झर्ने वित्तिकै उनिहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, फर्क राजा फर्क लगायत नारा लगाएका थिए ।

मुमा बडामहारानी र युवराज पारस बाहेक सम्पूर्ण परिवार एक महिना थाइल्याण्डमै संगै बस्नु भएको थियो । त्यहाँ रहदा राजा शाहले विभिन्न देशका व्यक्तिहरुसंग राजतितिक भेटवार्ता समेत गर्नु भएको थियो ।

295019410_903903784337180_5216979897558095164_n Capture

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved