गाई चुनाव चिह्न कसैलाई नदिन सर्वोच्चको अन्तरिम आदेश: पूर्ण फैसला कुरौं: लिङ्देन

  • साउन ९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सर्वोच्च अदालतले गाई चुनाव चिह्न कसैलाई नदिन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरु डाक्टर आनन्दमोहन भट्टराई र डाक्टर कुमार चुडालको संयुक्त इजलासले आइतबार गाई चुनाव चिह्न कुनैपनि दललाई प्रदान नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिह्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपनि आयोगले असार २९ गते राप्रपा नेपाललाई पत्र लेख्दै गाई चुनाव चिह्न दिन नमिल्ने जानकारी गराएको थियो ।

आयोगको यो विषयलाई लिएर राप्रपा नेपालले निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएको थियो ।

यसैबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज बिहान मात्रै “गाई”चुनाव चिन्हका रूपमा कुनै दललाई दिने निर्णय नभएको भन्दै अभिब्यक्ति दिएका थिए ।

'अन्तरिम आदेश‘अहिले कसैलाई नदिनु भन्ने हो। कसैले मात्तिनु र कसैले आत्तिनु पर्दैन । अदालतको पूर्ण फैसला कुरौं' नेता लिङ्देनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved