नेपालसँग माल्दिभ्स ४–० गोल अन्तरले पराजित

  • साउन ९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली युवा टोलीले आज माल्दिभ्सलाई ४–० ले हराउँदै यू–२० साफ च्याम्पियनसिपमा सानदार सुरुवात गरेको छ ।

भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा नेपालले ४२औँ मिनेटमा दीपेश गुरुङले गरेको गोलबाट अग्रता लिएको थियो । कप्तान आयुष घलानले हानेको डाइरेक्ट फ्री किकलाई माल्दिभ्सका गोलकिपर शाइहान अलीले पन्च गरेर बचाएका थिए । तर, रिबाउन्डमा प्राप्त बललाई दीपेशले झण्डै २५ यार्डबाट हानेको सशक्त प्रहार गोलमा परिणत भएको हो ।

५८औँ मिनेटमा सुगम सुवालले नेपालको अग्रता दोब्बर बनाए । सुगमले काउन्टर अट्याकमा गोल गरेका थिए । उनले वान भर्सेस वानुमा दोस्रो बार च्यापेर हानेको प्रहारलाई माल्दिभ्सका गोलकिपरले रोक्न सकेनन् ।

६१औँ मिनेटमा कृतिशरत्न छुन्जुले तेस्रो गोल थपे । नेपालका कप्तान आयुषलाई माल्दिभ्सका हुसैन शाभिनले फाउल गरेपछि नेपालले पेनाल्टी अवसर पाएका थिए । उक्त अवसरलाई कृतिशरत्न छुन्जुले कुनै गल्ती नगरी गोलमा परिणत गरेका हुन् ।

इन्जुरी समयमा वैकल्पिक खेलाडी मनग्य नकर्मीले अर्को गोल थपेका हुन् । कृतिशरत्नको स्थानमा ८३औँ मिनेटमा मैदान छिरेका मनग्यले रिबाउन्डमा प्राप्त बलमा गोल गरेका हुन् ।

प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग साउन ११ गते, भारतसँग साउन १५ र बंगलादेशसँग साउन १७ गते खेल्नेछ ।

राउन्ड रोबिन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved