राष्ट्रिय विभुति भिमसेन थापाको २४८औँ जन्मजयन्ति मनाइयो, देउवा बोल्न लाग्दा नाराबाजी

  • साउन ९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल एकिकरण अभियानका एक महारथी,प्रथम प्रधानमन्त्री तथा राष्ट्रिय विभुति भिमसेन थापाको २४८औँ जन्मजयन्ति धुमधामकासाथ मनाइएको छ । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको आयोजनामा जन्मजयन्ति कार्यक्रम मनाइएको हो । जयन्तिका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले भिमशेन थापाप्रति श्रद्धान्जली अर्पण गर्दै प्रतिष्ठानले प्रदान गरेको एक लाख नगद पुरस्कार र सम्मान पत्र वीर भक्ति थापा प्रतिष्ठानलाई प्रदान गरेका थिए ।

प्रधानमनत्री देउवाले भीमसेन थापाको बहुआयामिक व्यतित्व बारे प्रकाश पारेका थिए। यस्तै प्रा.डा. त्रिरत्न मानन्धर, प्रा.डा. मोहन लोहनी , प्रा.डा. पार्थिबेश्वर तिमिल्सिना, प्रा.डा. रामप्रसाद दाहाल, प्रतिस्ठानका महासचिव लक्षमण थापा र भक्ती थापा प्रतिस्ठानका अध्यक्ष रोहित थापा लगायतले मन्तव्य राखेका थिए । प्रतिष्ठानका कोसाध्यक्ष सुशील बिक्रम थापाले भीमसेन थापाको बारेमा लेखिएको पुस्तक र बृत चित्र रहेको पेनड्राइभ प्रधानमन्त्री देउवा लाई प्रदान गरेका थिए।

यता प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्न लाग्दा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै एक युवाले नाराबाजी गरेका छन् । एक युवाले प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाएर विरोधमा उत्रिएका थिए । नारा लगाउन थालेपछि ती युवालाई सुरक्षाकर्मीले बाहिर निकालेका थिए।

1 2 294920588_791152162063300_8882545477260019627_n 295635392_592928322474688_7246934102108902752_n 295506279_1177318453111523_2950040330085670352_n 295474694_563348575519375_6937142321748033333_n 295794752_545195074061543_7941580600063068554_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved