सागर ढकाल पुगे डडेल्धुरा, देउवा विरुद्ध निर्वाचन लड्ने

उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्।

  • साउन ९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । पाँच वर्षअघि बिबिसीमा प्रसारण हुने साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर चर्चित बनेका सागर ढकाल संसदीय निर्वाचन लड्ने तयारीका साथ डडेल्धुरा पुगेका छन्।

उनले केही समयअघि प्रधानमन्त्रीविरुद्ध डडेल्धुराबाटै संसदीय निर्वाचन लड्ने बताएका थिए। प्रधानमन्त्रीविरुद्ध उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका सागर त्यसकै तयारीका लागि डडेल्धुरा पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

उनले सामाजिक सञ्जालमा देउवालाई इंगित गर्दै लेखेका छन्, मेरो प्रतिस्पर्धि सम्मानित प्रधानमन्त्री शेरबहादुर हजुरबुवासंग डडेलधुरा लोकल नाइट बसमा ९सुरक्षित बनाएर०हात समाएर नातिसँगै जान यहि पोस्टमार्फत हजुरबुवालाइ अनुरोध गर्न चाहन्छु। सुन्छु डडेलधुराको बिकट गाउँबाट चप्पल पढ्काएर राजनीतिमा आउनु भएको हजुरबुवाले म जन्मिएदेखि जमिन टेक्नुभएको छैन, नेपाली जनताको पिडा सत्ताको मोहमा बिर्सनु भएको छ। परिवारबादमा सोच्न नसकिने गरि चुर्लुम्म डुब्नु भएको छ। डडेलधुरा पनि पाँच वर्षमा एक पटक जान पनि हम्मे हम्मे पर्छ रे। यस पटक उहाँलाइ जमिन टेकाउने प्रयास गर्नेछु। हजुरबुवालाइ नातिले डोर्याएर जमिन टेकाउनेछ।,

ढकाल पढ्नका लागि बेलायतको अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए। उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्। देउवालाई प्रश्न सोध्नेबेला सागरले पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बिई गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved