विराटनगर प्रमुख कोइरालाको सम्पत्ति, ८५ कठ्ठा जग्गा, ८० तोला सुन र ३ करोडको गाडी

  • साउन १०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विराटनगरका जमिन्दार परिवारको रुपमा चिनिएका कोइरालाको नाममा महानगर क्षेत्रभित्र ८५ कठ्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

प्रमुख कोइरालाको नाममा विराटनगरको वडा नम्बर ११ र १५ मा रहेको आफ्नो व्यक्तिगत नामको जग्गाको विवरण मात्र सम्पति विवरणमा उल्लेख गरेका छन्। दुई वटा वडाका कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी उनको नाममा २८ हजार ७१९ वर्गमिटर ९८५ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।

विराटनगर १५ मा ७४ कठ्ठा र ११ नम्बर वडामा ११ कठ्ठा जग्गा भाइको नाममा रहेको भएपनि पैत्रिक सम्पत्तिबाट आफ्नो भागमा आएको उल्लेख गरिएको छ। जग्गाका आर्थिक मूल्यांकन कति हो भनेर उल्लेख गरिएको छैन्।

प्रमुख कोइरालाको एकाघरको सम्पति भने त्यो भन्दा धेरै छ। तर उनले व्यक्तिगत स्वामित्वमा रहेको सम्पत्तिको विवरण मात्र बुझाएका हुन्। महानगर प्रमुख कोइरालाका प्रेस संयोजक मिनकुमार नवोदित श्रेष्ठका अनुसार कोइरालाले श्रीमती र आमाको नाममा भएको जग्गा र सम्पत्ति विवरणमा समावेश गरेका छैनन्।

कोइरालासँग ८० तोला सुन रहेको विवरणमा उल्लेख गरिएको छ। उनले ८ लाख रुपैयाँमा ८० तोला सुन खरिद गरेको कैफियतमा जनाएका छन्। उनको नाममा सानिमा बैंकमा १० लाख रुपैयाँ नगद रहेको र उक्त नगद पनि पैत्रिक सम्पतिबाटै प्राप्त भएको भनिएको छ।

उनले सम्पति विवरणमा विराटनगरमा भएका घरहरुको विवरण बारे उल्लेख गरेका छैनन्। उनको नाममा तीन करोड ३० लाख रुपैयाँ मूल्य पर्ने टोयोटाको प्राडो गाडी रहेको विवरणमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved