भारतमा नक्कली रक्सी पिउँदा १९ जनाको मृत्यु, ४० बढी गम्भीर बिरामी

  • साउन १०, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । भारतमा नक्कली रक्सी पिउँदा १९ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी गम्भीर हालतमा अस्पताल पुर्‍याइएका छन् । गुजरातको बोतड जिल्लामा भएको यो घटनापछि अनुसन्धानका लागि प्रहरीले १० जनालाई हिरासतमा लिएको छ । उनीहरूमाथि नक्कली रक्सी बनाएर बेचेको आरोप छ ।

मृतकमध्ये एकजनाकी श्रीमतीले बताएअनुसार, आइतबार नक्कली रक्सी पिएपछि उनका पति बिरामी भएका थिए । नक्कली रक्सी पिएका कारण अस्पताल भर्ना भएका हिम्मतभाइ नामका एक व्यक्तिले आफूजस्तै धेरै मान्छे बिरामी भएको बताए ।

बोतड जिल्लाको रोजिन्द, अणीयाणी, आकरू, चन्दरवा, उन्चडी गाउँका मानिसहरू बिसालु रक्सी पिएर बिरामी भएका भारतीय मिडियाले लेखेका छन् । सबै गाउँमा त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved