नेपाल–चीन सम्बन्ध ऐतिहासिक र सौहाद्रपूर्ण रहेको विज्ञहरुको ठहर

  • साउन ११, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल–चीन सम्बन्ध ऐतिहासिक, सौहाद्रपूर्ण रहेको र उक्त सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

फ्रेन्सड्स अफ सिल्क रोड क्लब नेपालको आयोजनामा ‘हिमाल पारीको मित्रता’ विषयक कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्धलाई द्विपक्षीय रुपमा अगाडि बढाउँदा दुई देशबीचको सम्बन्ध अझ बलियो हुने सुझाव दिएका हुन् ।

त्यस्तै पूर्व पूर्वगर्भनर डा दीपेन्द्रबहादुर क्षेत्रीले नेपालका सबै राजनीतिक दल मिलेर छिमेकी तथा दातृ राष्ट्रका लागि एउटा आर्थिक र परराष्ट्र नीति बनाउनुपर्ने बताए ।

नेपालको सम्पूर्ण शक्ति राजनीतिक परिर्वतनमा लागेको हुँदा अन्य महत्वपूर्ण विषय छुटेको उल्लेख गर्दै उनले सबै दलको सहमतिमा साझा आर्थिक र परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिए ।

श्रीलङ्काका लागि नेपाली राजदूत वासुदेव मिश्रले नेपाल चीनबीचका सम्बन्ध थप बलियो बन्दै गएको र आगामी दिनमा थप प्रगाढ बनाउन चीन सरकारले गरेको सहयोगलाई ध्यानमा राख्नुपर्ने बताए ।

क्लबका महासचिव डाक्टर कल्याणराज शर्माले चीनबाट हालै भएको भ्रमणको विकासको बारेमा छलफल गर्न, द्विपक्षीय सम्बन्ध सुधार गर्ने तरिकाहरू अन्वेषण गर्न र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक ज्ञान तथा अनुभव आदानप्रदान गर्न सक्षम बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved