उपमेयर पुगे फोहर व्यवस्थापनका लागि डस्टबिन लिएर पसल पसलमा

  • साउन १२, २०७९
  • कालापानी मिडिया
alt

सप्तरी । फोहर व्यवस्थापन अभियानमा जुटेको राजविराज नगरपालिकाले नगर क्षेत्रमा फोहर राख्ने डस्टबिन बितरण सुरु गरेको छ ।
उपमेयर इसरत परवीनको नेतृत्वमा निस्केको नगरपालिका कर्मचारीको टोलीले बजार क्षेत्रका ५ सय पसललाई डस्टबिन बितरण गरेको हो । सो क्रममा पसल संचालकहरुलाई फोहर सोही डस्टबिनमा राख्न र नगरपालिकाका सफाई कर्मचारीहरु ट्याक्टर लिएर आउँदा सोमा फोहर फ्याली सहयोग गरिदिन आग्रह समेत गरिएको छ ।

पसल बाहिर राख्दा हराउने र चोरी हुने सम्भावना रहेकाले पसल बन्द गर्दा उक्त डस्टबिन सुरक्षित साथ राख्न समेत पसल संचालकहरुलाई भनिएको छ । जथाभावी फोहर फ्याल्नेलाई फोहर सामाग्रि राख्न सामान उपलब्ध गराइएको भन्दै उपमेयर परवीनले सोको बरखिलापप गर्नेलाई फोहर व्यवस्थापन नियमावली अन्तरगत कारवाही हुने भन्दै सचेत समेत गराएकी छिन् ।

डष्टविन वितरण कार्य बजार क्षेत्रमा ३÷४ दिनसम्म जारि रहने उनको भनाई छ । सो क्रममा नगरपालिकामा दर्ता भए नभएका पसलहरुको विवरण संकलन कार्य पनि गर्न थालिएको र दर्ता नभएका पसललाई अविलम्ब नगरपालिकामा दर्ता गराउन सचेत गराउन थालिएको प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवले जानकारी दिए ।

विगतमा नगरको फोहर संकलन बिहानको समयमा हुँदै आएकोमा अब साँझको समयमा समेत फोहर संकलन र व्यवस्थापनको काम हुने नगरपालिकाले जनाएको छ । राजविराज नगरपालिकाको मेयर हाल निलम्बित अवस्थामा रहेकाले फोहर व्यवस्थापनमा उपमेयरले सक्रियता देखाउनु सकारात्मक रहेको नगरवासीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved