इंल्याण्डविरूद्धको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा दक्षिण अफ्रिकाले सहज जित

  • साउन १३, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । इंल्याण्डविरूद्धको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा दक्षिण अफ्रिकाले सहज जित निकालेको छ ।

बिहीबार राति समपन्न खेलमा घरेलु टोलीलाई ५८ रनले पराजित गर्दैै दक्षिण अफ्रिकाले तीन खेलको सिरिज १–१ को बराबरीमा पु¥याएको हो ।

२०८ रनको लक्ष्य पछ्याएको इंल्याण्ड १६.४ ओभरमा सबै विकेट गुमाएर १४९ रनमा अलआउट भयो । उसका लागि जोनी बेयरिस्टोले सर्वाधिक ३० रनको योगदान दिए। कप्तान जोस बटलरले २९, मोइन अलीले २८, जेसन रोयले २० र लियाम लिभिङ्गस्टोनले १८ रन जोडे ।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका लागि एन्डिले फेहलुक्वायो र ताबरेज शम्सीले सर्वाधिक तीन–तीन विकेट लिए। यस्तै लुङ्गी एनगिडीले दुई तथा केशव महाराज र कागिसो रवाडाले एक–एक विकेट लिए ।

त्यसअघि कार्डिफस्थित सोफिया गार्डेन्समा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०७ रन बनायो । उसका लागि राइली रूसोले अविजित ९६ रनको उत्कृष्ट पारी खेले। ५५ बल खेलेका उनले १० चौका र पाँच छक्का प्रहार गरेका थिए ।

यस्तै रिजा हेन्ड्रिक्सले ५३ रन बनाउने क्रममा ३२ बल खेल्दै तीन चौका र दुई छक्का प्रहार गरे । हेनरिक क्लासेनले १९ रन बनाउँदा ट्रिस्टन स्टब्स (अविजित) र क्विनटन डि ककले समान १५–१५ रन जोडे।

इंग्ल्याण्डका लागि मोइन अली, क्रिस जोर्डन र रिचर्ड ग्लेसनले समान एक–एक विकेट हात पारे । यसअघि पहिलो खेलमा इंग्ल्याण्ड ४१ रनले विजयी भएको थियो। यी दुई टोलीबीचको तेस्रो तथा अन्तिम र निर्णायक खेल आइतबार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved