संघीयता खारेजीको माग गर्दै राप्रपाद्वारा पोखरामा बिरोध प्रदर्शन

  • साउन १४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेजीको माग गर्दै  विरोध प्रदर्शन गरेको छ ।

शनिबार पोखराको पृथ्वीचोकमा नागरिकता विधेयक, एमसीसी र संघीयता खारेजीलगायत २२ बुँदे माग राख्दै राप्रपाले बिरोध प्रदर्शन गरेको हो ।

बिरोधस्वरुप १० मिनेट चक्काजाम समेत गरेको राप्रपाले जनाएको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनु परेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

‘हामीले उठाएका माग सरकारलाई बुझाउन र दबाव दिन सांकेतिक रुपमा चक्काजाम गरेका हौं’, उनले भने ।

चक्काजामअघि आयोजित कोणसभामा बोल्दै राप्रपाको गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले नागरिकता विधेयक खारेज नभए नेपालको राष्ट्रियतामा खतरा पर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved