चुच्चे नक्सा जारी गरेकै कारण प्रधानमन्त्रीबाट हट्नु पार्‍यो: अध्यक्ष ओली

  • साउन १६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा (लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितकाे) जारी गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको दाबी गरेका छन् ।

अध्यक्ष ओलीले त्याे भू–भाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा राखेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताएका हुन् ।

सोमवार काठमाडौंमा आयोजित डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उहाँले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसैअनुसार प्रधानमन्त्री पद गुमाउनु पुगेको बताए।

उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भू–भाग हो । हामी अर्घेल्याइँ गर्न चाहँदैनौँ । मैले भनेँ– राष्ट्रिय हित गर्दा राष्ट्रको पक्षमा अन्यायपूर्ण दाबी गर्न सकिँदैन, गर्नु हुँदैन । न्यायोचित मात्रै दाबी गर्नु पर्दछ । लिम्पियाधुरा, लिपुलेक, कालापानी जो १८१६ जनवरीमा सम्झौता भएर मार्चमा त्यो कार्यान्वयन भइसकेको सुघौली सन्धिले महाकालीको उद्गमस्थलको पूर्वपट्टिको भू–भाग नेपालको हो भनेर भनिसकेपछि यसमा विवादको विषय नै हुन सक्दैन । तर कहिलेबाट छोडियो ? नेपालको नक्साबाट त्यो भू–भाग हटाइयो । त्यसलाई नक्सामा सामेल गरेपछि त्यति बेला नै यहाँ ठूलाे उपद्राे मच्चिनेवाला छ भन्ने थाहा थियो । मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने कुरा थाहा थियो र नभन्दै हट्नुपर्‍याे ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved