राप्रपालाई नजिताए मुलुक श्रीलंका बन्छः अध्यक्ष लिङ्देन

  • साउन १७, २०७९
  • कालापानी मिडिया
alt

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाइ श्रीलंकाको जस्तो अवस्थामा पुग्नबाट बचाउन आगामी निर्वाचनमा राप्रपालाइ जिताउन आग्रह गरेका छन्।

वीरगन्जमा राप्रपा पर्साले आयोजना गरेको एक घर एक राष्ट्रिय झण्डा र पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

उनले आफूलाइ ठूला भनाउँदा दलहरूले संघीयता र गणतन्त्रका नाममा लुटतन्त्र मच्चाइरहेको र उनीहरूको हातमा शासनसत्ता रही रहे नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने निश्चित रहेको बताएका छन्।

उनले भने ,'लुटतन्त्र यति धेरै बढेको छ कि हाम्रो देश पनि श्रीलंकाको जस्तै अवस्थामा पुग्न लागेको छ, त्यसैले देशलाई बचाउने हो भने आगामी निर्वाचनमा राप्रपालाइ जिताउनु पर्छ, शासन सत्ता राप्रपाको हातमा आउनै पर्छ, अर्को कुनै विकल्प नै छैन।'

अध्यक्ष लिङदेनले भने ,'यहि शासन व्यवस्था रहि रहे न त भ्रष्टचारको अन्त्य सम्भव छ न त राजनीतिक स्थितरताको कल्पना गर्न सकिन्छ।'

उनले अहिलेको शासन व्यवस्था नै मूल दोषी रहेको भन्दै यसलाइ परिवर्तन नै गर्नुपर्ने आजको आवश्यकता भएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved