जनार्दन नामका धनार्दन, अर्थका नामका अनर्थमन्त्रीः नेता बस्नेत

  • साउन १७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति संसदमा व्यंग्य गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले सहयोग नगर्ने कर्मचारी हटाउने, कमिसन नखुवाउने उद्योगीहरुलाई कारबाही गर्ने, चुनावी खर्च जुटाउने, गठबन्धन जिताउन एमाले हराउन लाग्ने भन्दै अर्थमन्त्री शर्माप्रति कटाक्ष गरेका हुन्।

उनले अर्थका नामका अनर्थमन्त्री, जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु भन्दै संसदमै व्यंग्य गरे, उनले अर्थमन्त्री शर्माप्रति जनताले सबै मूल्याङ्कन गरेको छ, महँगी र भ्रष्टाचार अनियमितता कुशासनको हिसाब गर्नेछन्, जनता र देश विरोधी गठबन्धन कमजोर हुने र आगामी निर्वाचनमा जनताले देखाउने जस्ता कटाक्ष गरे। ‘

प्रधानमन्त्रीलाई धन्यवाद, कमरेड प्रचण्ड, माधव नेपाल, उपेन्द्र र दुर्गा जीलाई पनि धन्यवाद। गृहमन्त्री ज्यूलाई पनि धन्यवाद, छानबिन समितिलाई पनि धन्यवाद, मेटाएको सिसिटिभी फुटेज नदेखाएकोमा म लगायत कर्मचारीको कल डिटेल नहेरेकोमा, अन्तर्वार्ता नलिएकोमा, एमालेको फरक मतलाई इग्नोर गरेकामा, सत्ताको आडमा बहुमत पुर्‍याई सफाई दिएकोमा, पुनः नियुक्ति दिएकोमा अर्थको सेटिङ कायम गराउने छु। प्रधानमन्त्री ज्यू, भाउजुको आदेश मान्नेछु’ उनले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved