नेपाल र बंगलादेशबीचको खेल बराबरीः बंगलादेश फाइनलमा

  • साउन १७, २०७९
  • कालापानी मिडिया
alt

 काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुबै गोल दोस्रो हाफमा भएको थियो ।

खेलमा सुरुआती अग्रता बंगलादेशले बनाएको थियो । खेलको ६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसअघि दुबै १० खेलाडीमा समेटिएको थियो । बंगलादेशका सहिदुल इस्लामले रातो कार्ड पाए । यस्तै नेपालका दिपेश गुरुङले रातो कार्ड पाएका छन् ।

नेपालका बेन्चका खेलाडी रोहित सुब्बाले समेत रातो कार्ड पाएका थिए । खेलको क्रममा झगडामा उत्रिएपछि उनीहरुले रातो कार्ड पाएका हुन् ।

यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले ४ खेलमा ७ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ ।

बंगलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ । अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved