कालोपट्टी बाँधेर देशभर विरोध प्रदर्शनमा राप्रपा

  • साउन १८, २०७९
  • कालापानी मिडिया
alt

 काठमाडौं । राप्रपाले काठमाडौंसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ ।

बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन गरिएको हो ।

२०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा कठोर बन्दै आएको छ ।

राप्रपाले गत १ असारमा विभिन्न २२ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । आफ्ना माग पूरा गराउन राप्रपा दोस्रो चरणको संघर्षमा होमिएको छ ।

यसअघि राप्रपाले १३–३१ असारसम्म पहिलो चरणको संघर्ष गरेको थियो ।

११ साउनदेखि ३१ गतेसम्म दोश्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राप्रपा भदौमा काठमाडौं केन्द्रीत आन्दोलन गर्ने तयारीमा रहेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved