दुर्गा प्रसाईले अन्जार आलमका बारेमा भ्रामक प्रचार गरेपछि

  • साउन २२, २०७९
  • कालापानी मिडिया
alt

साउन २१ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कचनकवल गाउँपालिकाका पूर्व अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अन्जार आलमका बारेमा भ्रामक प्रचार गरेका छन् ।

उनले आलम नेकपा एमालेमा प्रवेश गरेको गलत प्रचार गरेका हुन् । केन्द्रीय सदस्य आलमसहित केही नेता तथा कार्यकर्ताहरुलाई एमाले अध्यक्ष केपी ओली र आफूले पार्टी प्रवेश गराएको भनेर उनले सामाजिक संजालमा अफवाह फैलाएका छन् । केही दिनअघि आलम भेट गर्न ओलीकहाँ गएका थिए । सोही तस्वीरलाई दुरुपयोग गरी प्रसाईले भ्रम फैलाउन खोजेका हुन् ।

प्रतिदिनसंग कुराकानी गर्दै आलमले आफू एमालेमा नगएको र राप्रपामै रहिरहेको स्पष्ट पारेका छन् । केही दिनअघि भेटघाटका लागि ओलीसंग गएकोमा त्यसलाई पार्टी प्रवेश भनेर अफवाह मच्चाउन खोजेको उनले प्रतिक्रिया दिएका छन् ।त्यस्ता उटपट्याङ काममा प्रसाई अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved