न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा विकृतिको थुप्रो लागेको भीम रावलको भनाई

  • साउन २२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेको सांसद भीम रावलले देशको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा विकृतिको थुप्रो लागेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफलको क्रममा तथ्यको आधारमा अघि बढ्नुपर्ने बताएका हुन्।

उनले भने, ‘महाभियोगको प्रस्ताव ल्याएको कति भयोरु हामी कता जाँदैछौँ। यस्तो गम्भिर बिषयलाई समयमै निराकण गर्नुपर्यो। छानविन समितिले त्यसबारेमा के गर्दैछरु हाम्रा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा विकृत्तिको थुप्रो लागेको छ।’

उनले कुनै व्यक्तिलाई पनि संविधान न कानुन बाहिर जाने अधिकार नहुने बताए। न्यायपालिकाको बिषयमा उठेको प्रश्नमा तथ्यको आधारमा आवश्यक कदम चाल्नुपर्ने बताए। देशको हितअनुसार सोच्नुपर्ने भएकाले सम्बन्धित समितिले छानविन गरेपछि मात्रै गहन छलफल हुने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved