नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाही डोटीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा

  • साउन २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारी गरेका छन्। शाहीले डोटीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा गरेका हुन् ।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तय गरेसँगै नेताहरू पार्टीभित्र टिकट पाउनको लागि लबिङ गर्न थालेका छन्। यहीबीच नेपाल विद्यार्थी संघका पूर्व वरिष्ठ उपाध्यक्षसमेत रहेका शाहीले डोटीबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारी गरेका हुन्।

शाहीले युवाहरूको माग र पाका नेताहरूको चाहना तथा सुझाव अनुसार नै आफू संघीय चुनावको उम्मेदवार बन्ने तयारीमा जुटेको बताए।

पूर्बीचौकी-३ डोटी चैकोट नीवासी शाहीले कांग्रेसको माहाधिवेशन प्रतिनिधिमा समेत लोकप्रिय मत प्राप्त गरेका थिए। उनले डोटेली जनताको चहाना विकाश र समृद्धि रहेकाले त्यसका लागि आफू योग्य व्यक्ति भएको बताए ।

अहिले नेपाली जनताले युवा जोशलाई खोजिरहेका छन्। बैकल्पिक व्यक्तिको उदय भइरहेको समयमा पार्टीमा उनीहरूलाई परास्त गर्न पार्टी नेतृत्वले युवाहरूको भावनालाई समेट्नेमा आफु विश्वस्त भएको शाहीको भनाई छ । उनि भन्छन्, म विद्यार्थी राजनीतिबाट नै संघर्ष गर्दै आएको व्यक्ति भएकाले पनि यो पटक मेरो पालो हो।

निर्वाचनमा युवाहरूको उपस्थिति हुनुपर्नेमा आफू दृढ रहेको शाही बताउँछन्। बारम्बार एउटै व्यक्तिले अवसर पाएर काम नगरेको विगतलाई दृष्टिगत गर्दै युवा ऊर्जालाई पनि प्रेरित गर्नूपर्ने उनको भनाई छ ।
पुष्पकुमार शाही युवामाझ लोकप्रिय मात्रै छैनन् । उनि सबैसंग एउटै व्यवहार गर्ने, आफ्नो पराया नभन्ने र गलत प्रवृतिको साथ नदिने युवा नेतामा पर्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved