गठबन्धनका उम्मेदवारले जित्नेगरी तालमेल गर्न कांग्रेस नेताहरुको सुझाव

  • साउन २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारले जित्नेगरी आगामी निर्वाचनमा तालमेल गर्नु पर्नेमा जोड दिएका छन् ।

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेताहरुले देशैभर गठबन्धनका उम्मेदवारले जित्नेगरी तालमेल गर्नुपर्नेमा जोड दिएका हुन् । बैठकमा कतिपय नेताहरुले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फका १ सय ६५ सिटमध्ये सय सिट कांग्रेसको भागमा राखेर गठबनधन गर्न सुझाव दिएको नेताहरुको भनाई छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनबीच हरसंभव तालमेल गर्ने प्रयास भइरहेको र नेकपा एमालेले पनि गठबन्धनमा रहेका अरु दलहरुलाई विभिन्न प्रकारले धेरै सिट दिने भनेर प्रलोभन दिएर भित्री मेहनत गरिरहेकोले त्यसतर्फ सतर्क हुनुपर्ने अवस्था रहेको बताएका थिए । उनले गठबन्धनमा लचिलो बन्नु पर्ने स्थििति रहेको र त्यसै अनुसारको मानसिकता बनाउन आग्रह गरेको एक नेताले बताए ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरु छलफलमा जुटेका छन् । सोमबार नै पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्दैछ । त्यसअघि कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved