देशको ढुकुटीमा र्‍याल नचुहाउने रवि लामिछानेको प्रतिवद्धता

  • साउन २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूहरुले कहिल्यै देशको ढुकुटीमा र्‍याल नचुहाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

पार्टीको काभ्रे जिल्ला भेलालाई सोमबार सम्बोधन गर्दै लामिछानेले अहिले चुनाव घोषणा भएपछि पनि सांसदहरुले सेवा सुविधा लिइरहेको तर्फ संकेत गर्दै यस्तो बताएका हुन्।

‘अहिले चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको छ। अबको बाँकी तीन महिना तलब भत्ता नखाए हुन्थ्यो। तर अझै छोडेका छैनन्।’ उनले भने, ‘ देशभरका ८२५ सांसदहरुको तलब र दशैंको भत्ता सुविधा खाने पैसा हामीलाई अहिले प्राप्त हुने हो भने यो देशमा कयौं बर्थिङ्ग सेन्टर र दुर्गममा अस्पताल बनाउन सक्छौं। त्यो ३०/४० करोड भन्दा बढी पैसा निर्वाचन घोषणा भएपछि किन खान खोजिँदैछ ? देशको ढुकुटीमा यसरी हामी कहिल्यै र्‍याल चुहाउँदैनौँ, यो मेरो वाचा भयो।’

उनले राजनीतिक दलका शीर्ष नेतालाई चुनावको धपेडी छाडेर आराम गर्न आग्रह गरे। ‘राजनीतिमा पनि रिटायर्ड भन्ने कुरा हुन्छ। शेरबहादुरजी प्रधानमन्त्री हुँदा सरकारी जागिर खाएको कर्मचारी रिटायर्ड भइसक्यो तर अहिले पनि देशको प्रधानमन्त्री शेरबहादुरजी नै हुनुहुन्छ।’ उनले भने, ‘राजनीतिलाई आर्यघाटसम्मै लिएर जाने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ।’

उनले दलका शीर्ष नेताहरुसँग अरु काम गरेर खाने सीप नभएका कारण राजनीतिबाट बाहिरिन नचाहेको तर्क गरे। ‘अहिले राजनीतिक दलका शीर्ष नेताहरु राजनीतिबाट विदा भए के गरेर खान्छन् होला ? के जानेका छन् ? केही पनि छैन।’, उनले भने, ‘सायद त्यहि भएर होला यो अन्तिम समयसम्म लाभ लिनका लागि झुण्डिरहेका छन्।’

उनले युवाहरुलाई सहजै नेतृत्व सुम्पिए देशका २५ प्रमुख नेताहरुको स(सम्मान सालिक बनाउने पनि लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved