नेता ज्ञानेन्द्र शाहीले गरे जुम्लाबाट निवाृचन लड्ने घोषणा

आफूलाई नेताहरूले राप्रपाको राम्रो उपस्थिति भएको जिल्लाबाट उठ्न भने पनि आफूले जन्मभूमिबाट नै उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

  • साउन २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंको अर्पण पार्टि प्यालेसमा कार्यक्रम आयोजना गर्दै शाहीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

उनले उमेदवारी घोषणा गर्दै भने, २००७ सालदेखि २०७९ सालसम्म जुम्लाले आफ्ना प्रतिनिधि काठमाडौं पठाए पनि उनीहरूले जुल्मी जनताको अर्थपूर्ण प्रतिनिधित्व गरेनन्, । उनले जुम्लाको आवाज काठमाडौंलाई सुनाउन, जन्मभूमिप्रतिको प्रेमका कारण,आफूले जुम्लाबाट उम्मेदवारी दिन लागेको बताए ।

आफूलाई नेताहरूले राप्रपाको राम्रो उपस्थिति भएको जिल्लाबाट उठ्न भने पनि आफूले जन्मभूमिबाट नै उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

कार्यक्रममा शाहीका समर्थक र पार्टीका शीर्ष नेताहरूले उनले निर्वाचन जित्ने विश्वास व्यक्त गरे । जुम्ला जिल्लाले राष्ट्रिय राजनीतिमा पहिचान स्थापित गर्नका लागि जुम्लावासीले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।

‘जुम्लामा सुन फल्छ तर नुनको दाममा पनि बिक्दैन, त्यसलाई सुनकै दाममा विक्री गर्न मेरो उम्मेदवारी हो।’ उनले भने,‘नेपाली भाषाको उद्गम विन्दु जुम्ला हो तर जसले नेपाली बोल्न सिकायो उसैलाई अहिले राउटे भनिन्छ।’

खेतका आलीमा फल्ने बोझोलाई बेच्ने हो भने पनि एउटा जुम्लीले लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने भन्दै उनले जुम्ला स्रोत नभएर गरीब नभएको जिकिर गरे। जुम्लामा फलेका खाद्यान्न र फलफूलले बजार नपाएका कारण जीवनस्तर माथि उठाउन नसकिएको उनको भनाई छ।

जुम्लामा संघीय चुनावका लागि प्रत्यक्षतर्फ एउटा निर्वाचन क्षेत्र रहेको छ। यहाँबाट अघिल्लो चुनावमा माओवादी केन्द्रका गजेन्द्रबहादुर महत निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved